एकिकृत शत्रुजीव व्यवस्थापन (IPM) भनेको वालि विरुवालाई हानी पुर्याउने शत्रुजिबहरुको नियन्त्रण गर्न प्रकृतिलाई हानी नपुग्ने गरि सबैभन्दा राम्रा उपायहरुलाई समावेश गरेर अवलम्बन गरिने तरिकालाई नै IPM भनिन्छ।
IPM को महत्व
- मित्र जीवको पहिचान गरि संरक्षण गर्न
- किटाणुनासक विषादी अथवा रासायनिक विषादीको असर कम गर्न
- वालि उत्पादन खर्च कम गर्न
- वातावरण सन्तुलित राख्न
IPM का सिद्धान्तहरु
१) स्वस्थ वाली उत्पादन गर्न
कृषि पेसाको मुख्य उद्देश्य नै स्वस्थ वाली हुर्काउनु हो, स्वस्थ वालिबाट नै धेरै उत्पादन लिन सकिन्छ
२) मित्र जीवको संरक्षण गर्न
रासायनिक मलको अत्यादिक प्रयोगले रोग किराको साथसाथै, रोग किराको प्राकृतिक शत्रु अर्थात् किसानको लागि मित्रजीव जस्तै शिकारी किरा, माकुरा, छेपारो, भ्यागुता, आदिलाई पनि नस्ट गर्छ, त्यसैले रोग किरालाई नस्ट गर्ने र मित्र जीवलाई संरक्षण गर्ने जैविक तरिका अपनाउनु पर्छ ।
३) खेतबारीको नियमित परिक्षण
राम्रो खेति गरि धेरै फाइदा लिन खेतबारीमा बारम्बार ध्यान दिनुपर्छ। खेतबारीको नियमित सरसफाई गर्नुपर्छ र शत्रुजीवहरु मात्र नियन्त्रण गरि मित्रजीवहरुको व्यवस्थापन गर्नुपर्छ ।
४) कृषकलाई दक्ष बनाउन मद्दत गर्छ
कृषकलाई रोग किराहरुको उचित व्यवस्थापन गरि दिगो विकासमा टेवा पुर्याउनुका साथै, किसानहरुको दक्षता बढाउन पनि मद्दत गर्छ
IPM को फाईदा
- उत्पादन बढाउँछ
- दिगो विकास गरि गरिवी निवारणमा सहयोग पुर्याउँछ
- उत्पादनमा आउने समस्याहरुलाई हटाई मानव स्वस्थ्यमा सुधार ल्याँउछ
- कृषकलाई दक्ष बनाउन मद्दत गर्छ
- वातावरण दुषित हुनबाट बचाउँछ
IPM को तरिकाहरु
१) कृषि कार्यमा आधारित
- घुम्ती वाली
- स्वस्थ्य विउको प्रयोग
- खेतबारीको सरसफाई
- मलजलको उचित व्यवस्थापन गर्ने
- रोगकिरा प्रतिरोधात्मक जातको विउ प्रयोग गर्ने
- नियमित खनजोत गर्ने
- झारहरुलाई हटाउने
२) भौतिक तरिका
- ठुला किराहरुलाई हातले टिपेर फाल्ने
- पासोहरुको प्रयोग गर्ने
३) जैविक तरिका
- मित्र जीवको प्रयोग
- शुस्म जिवाणुको प्रयोग
४) कानुनी तरिका
- क्षत्रिय : कुनै एक जिल्लाबाट अर्को जिल्लामा लैजाँदा रोगकिरा सक्रमण कति छ, परिक्षण गरेर मात्र भित्र्याउने।
- रास्ट्रिय :
- अन्तरास्ट्रिय :
५) कम रसायन भएका रसायनिक विषादीको प्रयोग
यदि माथि उल्लेखित उपायहरुबाट रोगकिरा नियन्त्रण हुन सकेनन् भने हरियो ट्याग भएका बिषादीहरु थोरै मात्रामा प्रयोग गर्न सकिन्छ |