March 3, 2020

सामान्यतया मौसम बिषेसमा फल्ने तरकारीहरुलाई समय अघि वा पछी उत्पादन गर्ने बिधिलाई बेमौसमी खेती भनिन्छ। बाली पात्रोभन्दा छिटो वा ढिलो समयमा लगाउने बालीको माग बढ्दो हुन्छ र यो माग आपूर्ति गर्न बेमौसमी खेती प्रबिधि अपनाइनछ । यस बिधिमा बिरुवालाई आफुलाई चाहिने मौसम अनुसारको हावापानी को व्यवस्था गरी अर्को मौसममा फलाइन्छ । बढ्दो मानिसको जनासंन्ख्या र उनीहरुको खानपानप्रतिको इक्क्षा असिमित छन ्। अहिले हिउँदमा प्रसस्तै पाउने काउली बन्दा हामी चैत्र बैशाखमा खान खोज्छौँ । यस किसिमको आवस्यकतालाई मध्यनजर गर्दै तरकारी बिज्ञानले त्यस्तो उपाय खोजि गरि तरकारी बर्षैभरी लगाउने प्रबिधिको बिकास गरेको छ र यसको प्रयोग नेपालमा भइरहेको छ । यसरी मानिसको इक्क्षापूर्तिको लागि प्रतिकुल मौसम वा सम्भाव्य क्षत्रमा तरकारी खेती गरी उताप्दन लिने र उपभोक्ताको माग अनुसार आपूर्ति गर्ने व्यवसाय नै बेमौसमी खेती हो ।

बेमौसमी खेती गर्न मिल्ने तरकारीहरू

काउली, बन्दा, टमाटर, खुर्सानी, भेडे खुर्सानी, काँक्रो, भेन्ता, करेला, भिन्दि, तर्बुजा, मूला, गाँजर, प्याज, लसुन, हरियो सागपात, केराउ आदि ।

फाइदाहरु

  • बर्षेनी ताजा तरकारीको माग हुने भएका कारण बेमौसमी तरकारीको मूल्य बढी पाईने
  • खेतियोग्य जमिनको हरेक मौसममा उचित उपयोग हुने
  • बेमौसमी तरकारीको आयात देश बिदेशमा सजिलै हुने
  • किसानहरुलाई बर्षभरीनै रोजगारको अवसर दिने
  • उत्पादनमा बृधि हुने

बेमौसमी खेती गर्ने तरिकाहरु

  • अनुकुल हावापानीको उपयोग (विभिन्न सतहको हावापानी अनुकुल तरकारी रोप्ने)
  • बालि लगाउने समय पृथकता (१५–२० दिन अघि पछि)
  • जातिय बिबिधता (अगौते, मध्यम र पछौटे जातका तरकारीहरुको छनोट)
  • बेमौसममा पनि अनुकुल वातावरणको श्रीजना (प्लास्टिक टनेल, प्लास्टिक घर, नेचुरल्ली भेन्तिलेतेद प्लास्टिक घर, नियन्त्रित प्लास्टिक घर)