March 3, 2020

कृषि उपजहरुमा बिषादीको प्रयोग रोग, किरा र झारहरुबाट नियन्त्रण गर्न  गरिन्छ। तर आजकल मानिसहरुले बोट बिरुवालाई चाहिने र सिफारिस गरेको मात्रा भन्दा निकै धेरै मात्रामा बिषादी तथा अन्य रासायनिक पदार्थको प्रयोग गरेको देखिन्छ।आजकल बजारमा पाइने तरकारी र फलफूलहरु अत्यन्त  विषादीयुक्त भएको उदाहरण हाम्रो अगाडि प्रसस्तै देख्न सकिन्छ। हानिकारक विषादीहरुको प्रयोग गरेर तरकारीहरुलाई छिटो बढाउने, सहि समयभन्दा अगाडिनै पकाउने र लामो समय सम्म नबिग्रिने बनाइन्छ। यसले किसानहरुलाई केहि हद सम्म फाइदा दिएता पनि उपभोक्ताको स्वास्थ्यमा भने निकै ठुलो असर पारेको छ। नेपालमा क्यान्सर जस्तो ज्यानलेवा रोगको मुख्य कारण पनि अत्याधिक बिषादी युक्त खानेकुराको प्रयोग रहेको पाईन्छ। यसका साथै यसले उच्च रक्तचाप र अन्य मुटु रोग हरुलाई पनि निम्त्याउँछ ।

कुनै बिषादीको अवसेस लामो समय सम्म माटो र पानीमा रहने हुँदा यसले वातावरण र यसमा पाईने सुष्म जीवाणुहरु लाई पनि असर गरेको पाईन्छ । 

प्रांगारिक खानेकुरा  खानुका फाइदाहरु :

  • प्रांगारिक अथवा कम बिषादी युक्त खानेकुरा खानाले मुटु रोग, उक्त रक्तचाप र क्यान्सर जस्ता ज्यानलेवा रोगहरु लग्न दिँदैन ।
  • प्रांगारिक खानेकुरा ले शरिरमा भिटामिन, प्रोटिन र अन्य खनिज तत्वको मात्रा पनि बढाउँछ ।
  • प्रांगारिक खानेकुरा निकै स्वादिला पनि हुन्छन् ।
  • प्रांगारिक खानेकुराले वातावरण स्वस्थ र सन्तुलित राख्न मद्दत गर्छ ।

डि.भी एक्सेलसले के गर्छ ?

डि. भी  एक्सेलसले बिगत लामो समयदेखि  किसानहरुलाई प्रांगारिक खेतीको लागि चाहिने बिउबिजन उपलब्ध गराउने र किसानहरुलाई प्रांगारिक खेतीको लागि चाहिने सम्पूर्ण उपाय सिकाउने काम गर्दै आएको छ । डि. भी  एक्सेलसले Kheti Farm नामक मोबाईल एप मार्फत किसानलाई प्रांगारिक खेतीको सम्पूर्ण तरिका सिकाउने, प्रांगारिक प्रमाणीकरण भएका किसानहरु सँग सझेधारी गर्ने र स्थानीय कृषिलाई प्रांगारिक कृषि तर्फ रुपान्तरण गर्ने काम गर्दै आएको छ र  Kheti Food नामक मोबाईल एप बाट सिधै किसानका बारीबाट टिपेका प्रांगारिक प्रमाणिकरण गरिएका तरकारी र लोकल तरकारीका साथसाथै अन्य सम्पूर्ण प्रांगारिक प्रमाणीकरण भएका र लोकल कृषि उत्पादनहरु उपभोक्ताको घर सम्मै पुर्याउने सेवा (Free home delivery) दिएर उपभोक्तालाई दिनहुँ कृषि उत्पादन खरिद गर्न घन्टौं समय खर्चिनुपर्ने झन्झट बाट मुक्त गरेको छ ।